२०८३, आश्विन २० गते

images

बढ्यो अण्डाको मूल्य

बढ्यो अण्डाको मूल्य

सोमवार, मंसिर २२ २०८२०१:३४
सोमवार, मंसिर २२ २०८२०१:३४
  • images

    काठमाडौं । १० दिनअघि बढेको अण्डाको भाउ फेरि बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघले भोलि मंगलबारदेखि लागु हुने गरी भाउ बढाउने निर्णय गरेको हो ।

    १३ मंसिरमा अन्डाको भाउ बढाएको संघले फेरि प्रतिक्रेट २० रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको छ । मूल्य बढेसँगै सबैभन्दा ठुलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ८० रुपैयाँ पुगेको छ । यस्तै ठुलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ६५ रुपैयाँ पुगेको छ ।

    मध्यम अन्डाको भाउ प्रतिक्रेट ५ सय ५० रुपैयाँ तोकिएको छ । संघका अनुसार १३ मंसिरमा सबैभन्दा ठुलो अन्डा प्रतिक्रेट ५ सय ६०, ठुलो अन्डा प्रतिक्रेट ५ सय ४५ र मध्यम अन्डा प्रतिक्रेट ५ सय ३० रुपैयाँ थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend