काठमाडौं । लोकसेवा आयोगले सचिव पदमा बढुवा गर्न तीन जनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको छ। आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम सिफारिस गरेको छ।
सिफारिस अनुसार, सहसचिव राजेन्द्रकुमार पौडेल हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा प्रवक्ताको रूपमा कार्यरत छन्। कमलप्रसाद भट्टराई वैदेशिक रोजगार विभागका महानिर्देशक रहेका छन् भने इन्दु घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छिन्।
अब मन्त्रिपरिषद् बैठकले तीनमध्ये एक जनालाई सचिव पदमा बढुवा गर्ने निर्णय गर्नेछ।
यसअघि राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी र मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा गएका थिए। उनीहरुको अवकाशपछि मन्त्रिपरिषद्ले वैकुण्ठप्रसाद अर्याललाई सचिव र सुमनराज अर्याललाई मुख्यसचिवमा बढुवा गरेको थियो। त्यसपछि रिक्त सचिव पदमा तीन सहसचिवमध्ये एकलाई बढुवा गर्न आयोगले सिफारिस गरेको हो।

