२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • देशभरका भन्सार कार्यालयमा ‘पेन डाउन’, जाँचपास...

देशभरका भन्सार कार्यालयमा ‘पेन डाउन’, जाँचपास सेवा ठप्प

देशभरका भन्सार कार्यालयमा ‘पेन डाउन’, जाँचपास सेवा ठप्प

मंगलवार, मंसिर २३ २०८२०३:२९
मंगलवार, मंसिर २३ २०८२०३:२९
  • images

    काठमाडौं । देशभरका सबै भन्सार कार्यालयमा भन्सार जाँचपासका सम्पूर्ण काम ठप्प भएका छन् । भन्सार एजेन्ट महासङ्घ नेपालको आह्वानमा भन्सार एजेन्टहरूले आज कार्यालयमा पेन डाउन गर्दा भन्सार जाँचपासका काम ठप्प भएका हुन् ।

    २०८२ मङ्सिर २१ गतेदेखि लागू भएको भन्सार ऐन २०८२ का केही प्रावधानको विरोधमा महासङ्घले देशभर भन्सार सेवा अवरुद्ध गरेको हो । महासङ्घका अनुसार नयाँ ऐनका प्रावधानले अन्तर्राष्ट्रिय व्यापार तथा भन्सार प्रक्रियालाई सहज बनाउने भन्दा उल्टो भन्सार एजेन्टको पेशागत अधिकार, उद्योग–व्यवसाय र वैध व्यापारलाई नै हतोत्साहित गर्ने अवस्था सिर्जना भएको छ ।

    भन्सार ऐन २०८२ को मस्यौदा तयार पार्ने चरणदेखि नै महासङ्घले दण्ड–जरिवाना, इजाजतपत्र नवीकरण, निलम्बन प्रक्रिया, बैंक जमानत, कम्प्युटर प्रणालीमा युजर–आईडी व्यवस्थापन, इन्कुट–आउट नोट प्रणाली र मालवस्तु जाँचपासलाई इजाजत प्राप्त भन्सार एजेन्टमै सीमित गर्ने लगायतका विषय समावेश गर्न माग गर्दै आएको थियो । तर लागू भएको ऐनले अनावश्यक दण्ड–जरिवाना थपेको र तजबीजी अधिकार बढाएको महासङ्घले आरोप लगाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend