२०८३, आश्विन २० गते

images
  • अटो
  • रोयल इनफिल्डले सार्वजनिक गर्‍यो नयाँ हन्टर...

रोयल इनफिल्डले सार्वजनिक गर्‍यो नयाँ हन्टर ३५०, मूल्य ४ लाख ९४ हजार

रोयल इनफिल्डले सार्वजनिक गर्‍यो नयाँ हन्टर ३५०, मूल्य ४ लाख ९४ हजार

सीएनएन खबर
मंगलवार, मंसिर २३ २०८२०५:०५
सीएनएन खबर
मंगलवार, मंसिर २३ २०८२०५:०५
  • images

    काठमाडौँ । रोयल इनफिल्डको नयाँ संस्करण नेपाली बजार भित्रिएको छ । नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले स्ट्रिट रोडस्टर मोडेल हन्टर ३५० को नयाँ संस्करण ल्याएको हो ।

    कम्पनीका अनुसार हन्टर ३५० चार कलरमा उपलब्ध छन् । जसमा रिओ ह्वाइट, टोक्यो ब्ल्याक, लण्डन रेड र ग्राफिट ग्रे गरी चार स्ट्रीट इन्स्पायर्ड कलर उपलब्ध छन् ।

    यस संस्करणमा स्लिप एसिस्ट क्लच जडान गरिएको छ । जुन कम्पनीको ३५० सीसी मोडेलमा पहिलो पटक प्रयोग भएको सुविधा हो । परिमार्जित पछाडिको सस्पेन्सन बढेर १६० एमएम ग्राउण्ड क्लियरेन्स, सुधारिएको सीट, ड्यूल च्यानल एबीएस, एलइडी हेडलैम्प तथा एर्गोनोमिक डिजाइन छ ।

    कम्पनीले नयाँ हन्टर ३५० को दुई भेरियन्टको मूल्य समेत घोषणा गरेको छ । जसअनुसार सिंगल टोन कलरको अन–रोड मूल्य ४ लाख ९४ हजार ९०० रुपैयाँ र डुअल टोन कलरको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend