२०८३, आश्विन १९ गते

images

सुदूरपश्चिम एनपीएलको फाइनलमा

सुदूरपश्चिम एनपीएलको फाइनलमा

मंगलवार, मंसिर २३ २०८२०७:४८
मंगलवार, मंसिर २३ २०८२०७:४८
  • images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ७७ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ। योसँगै सुदूरपश्चिम लगातार दोस्रो पटक उपाधि नजिक पुगेको हो।

    त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५५ रन बनायो। सुदूरपश्चिमका लागि विनोद भण्डारीले ५२ बलमा ६३ रन बनाउँदै सर्वाधिक योगदान दिए। आसिफ शेख र शेरडोन ज्याकसनले समान २०–२० रन बनाए भने हरमित सिङ १४ र इसान पाण्डे १३ रनमा अवस्थित भए।

    जवाफी ब्याटिङमा उत्रिएको विराटनगर १४.१ ओभरमा ७८ रनमा अलआउट भयो। फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाए, तर टीम हार टार्न सकेन। सुदूरपश्चिमका स्कट कुगेलेइन, अभिनाश बोहरा र हर्मित सिंहले दुई–दुई विकेट लिए।

    विराटनगरले लिग चरणमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो, तर पहिलो क्वालिफायरमा हारका साथ उपाधि नजिक पुग्ने अवसर गुमायो। अब विराटनगरले दोस्रो क्वालिफायरमा प्रवेश गर्दै एलिमिनेटर खेलको विजेतासँग फाइनल पुग्ने अवसर पाउनेछ।

    एलिमिनेटर खेल बुधबार हुनेछ, जसमा तेस्रो स्थानको काठमाडौं गोर्खाज र चौथो स्थानको लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्नेछन्

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend