२०८३, आश्विन २० गते

images

पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको माग : सुन्दरबजारमा स्थानीयको चक्काजाम

पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको माग : सुन्दरबजारमा स्थानीयको चक्काजाम

बुधवार, मंसिर २४ २०८२०१:१४
बुधवार, मंसिर २४ २०८२०१:१४
  • images

    काठमाडौं । लमजुङको सुन्दरबजार क्षेत्रमा पुष्पलाल मध्यपहाडी लोकमार्गको अविलम्ब निर्माणको माग गर्दै स्थानीयहरूले आज खत्रीठाँटीमा चक्काजाम गरेका छन्। सडक निर्माणको क्रममा स्थानीय अवरोधका कारण करिब दुई किलोमिटर सडक बन्न सकेको छैन।

    सुन्दरबजार नगरपालिका–६ को क्याम्पस गेटदेखि खत्रीठाँटीसम्मको यस खण्डमा काम रोकिएकाले स्थानीय धुलोमा बस्नुपरेको र विकास अवरुद्ध भएको छ। यसबारे ध्यानाकर्षण गर्न सङ्घर्ष समितिले प्रमुख जिल्ला अधिकारी, आयोजना कार्यान्वयन एकाइ पालुङटार र नगरपालिका समक्ष ज्ञापनपत्र बुझाइसकेको छ।

    सङ्घर्ष समितिका अनुसार बजार क्षेत्रबाहेक अन्यत्र निर्माण कार्य पूरा भइसकेको भए पनि छोटो खण्डको निर्माण नहुँदा यात्रु र सवारीका लागि समस्या भएको छ। सडकमा खाल्डाखुल्डी, धुलो र पानी जम्ने समस्या स्थानीयले उजागर गरेका छन्।

    स्थानीयले अबिलम्ब सडक निर्माण गर्न दबाब दिने उद्देश्यले ११ सदस्यीय सङ्घर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेको छ। मङ्सिर २६ गते सुन्दरबजार नगरपालिका कार्यालय प्रवेश गरेर तालाबन्दी गर्ने र मङ्सिर २७ गते खत्रीठाँटीदेखि क्याम्पस गेटसम्म शान्तिपूर्ण जुलुस तथा कोणसभा गर्ने कार्यक्रम राखिएको छ।

    सङ्घर्ष समितिका संयोजक राजेन्द्र केसी र सहसंयोजक चित्रबहादुर केसीका अनुसार, सडक निर्माणमा अझै पहल नभए बाँकी कार्यक्रम जारी राख्ने तयारी समितिले गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend