काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको इलिमिनेटरमा काठमाडौं गोर्खाज् र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्दै छन्। त्रिवि क्रिकेट रंगशालामा काठमाडौं गोर्खाज्ले टस जितेर पहिले ब्याटिङ रोजेको छ।
काठमान्डौँ गोर्खाजको टोली: करण केसी (कप्तान), शाहब आलम, रसिद खान, भीम सार्की, सन्तोष यावद, आकाश त्रिपाठी, मोहम्मद आदिल आलम, बेन चार्ल्सवर्थ, मिलिन्द कुमार, जोहन सिम्पसन र सन्नी पटेल।
लुम्बिनी लायन्सको टोली: रोहित पौडेल (कप्तान), सन्दीप जोरा, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, दिनेश अधिकारी, आर्सी जोन म्याथु सर्ट, जेजे स्मिथ, रुवेन ट्रम्पलम्यान र निरोसन डिकोवेल्ला।

