२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • काठमाडौँलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स...

काठमाडौँलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा

काठमाडौँलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा

सीएनएन खबर
बुधवार, मंसिर २४ २०८२०८:०७
सीएनएन खबर
बुधवार, मंसिर २४ २०८२०८:०७
  • images

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गर्दै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा पुगेको छ। बुधबार सम्पन्न खेलमा काठमाडौँले दिएको ११२ रनको झिनो लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा सहजै भेट्टाउँदै प्लेअफ यात्रा अगाडि बढाएको हो।

    Lumbini.jpgटस जितेर ब्याटिङको निर्णय लिएको काठमाडौँको सुरुवात निराशाजनक रह्यो। शीर्षक्रमका ब्याटरहरू लामो समय क्रिजमा टिकी नसेक्दा टोलीले पावर प्लेमै ६ विकेट गुमाएको थियो। दबाबमा परेको काठमाडौँले अन्तिमसम्म लय सम्हाल्न सकेन। टोलीका लागि सन्तोष यादवले सर्वाधिक २३ रन योगदान दिए पनि रनआउट भएपछि टोली थप संकटमा पर्‍यो।

    ११२ रनके लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले निकै सन्तुलित प्रदर्शन गर्‍यो। काठमाडौँले फिल्डिङमा पनि अवसर जोगाउन नसक्दा लुम्बिनीलाई खेल नियन्त्रणमा राख्न सजिलो भयो। लगातार चार खेलमा जित दर्ता गर्दै पुनरागमन गरिरहेको लुम्बिनीका बलर र ब्याटर दुवैले प्रभावशाली प्रदर्शन गरे।

    अघिल्लो सिजन अंक तालिकाको पुछारमा रहेर यात्रा समाप्त गरेको लुम्बिनीले यसपटक उत्कृष्ट प्रदर्शनसहित उपाधिको नजिक पुगेको छ। लिग चरणमा सुरुआत सुखद रहे पनि लगातार तीन खेलमा हार व्यहोरेपछि प्लेअफ यात्रा चुनौतीपूर्ण जस्तो देखिएको थियो। तर पछिल्ला तीनै खेलमा जित निकाल्दै लुम्बिनीले प्लेअफ सुनिश्चित गरेको थियो।

    अब लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि विराटनगर दोस्रो क्वालिफायर खेल्न बाध्य भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend