२०८३, आश्विन २० गते

images

चार महिनामा बैंकहरुको नाफा १९ अर्ब

चार महिनामा बैंकहरुको नाफा १९ अर्ब

बिहिवार, मंसिर २५ २०८२०१:४८
बिहिवार, मंसिर २५ २०८२०१:४८
  • images

    काठमाडौं । वाणिज्य बैंकहरुको नाफामा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनासम्मको तथ्यांक अनुसार, वाणिज्य बैंकहरुको कुल नाफा १९ अर्ब ३७ करोड ५४ लाख ९० हजार रुपैयाँमा सीमित भएको छ, जुन गत वर्षकै सो अवधिको २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँभन्दा १३.११ प्रतिशतले कम हो।

    देशमा चलिरहेको आन्दोलन र आर्थिक मन्दीको बीच खराब कर्जा बढ्दा बैंकहरुको नाफामा प्रत्यक्ष असर परेको देखिन्छ। समिक्षा अवधिमा ५ बैंकको नाफा बढेको छ भने १५ बैंकको नाफा घटेको छ।

    ग्लोबल आईएमई बैंक यस अवधिमा सबैभन्दा बढी नाफा आर्जन गर्ने बैंक भएको छ, जसले २ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिभन्दा १८.९१ प्रतिशत बढी हो। नबिल बैंक दोस्रो स्थानमा छ, जसको नाफा २ अर्ब ४६ करोड ६७ लाख रुपैयाँ छ, ८.३२ प्रतिशतले घटेको छ।

    प्राइम बैंकको नाफा २.४८ प्रतिशतले घटेर १ अर्ब ५८ करोड, एभरेष्ट बैंक ०.२७ प्रतिशतले बढेर १ अर्ब ५१ करोड, एनएमबि बैंक १४ प्रतिशतले घटेर १ अर्ब १८ करोड, कुमारी बैंक २५.७९ प्रतिशतले घटेर १ अर्ब १३ करोड पुगेको छ। राष्ट्रिय वाणिज्य बैंकको नाफा भने १०५ प्रतिशतले बढेर १ अर्ब १३ करोड पुगेको छ।

    यस्तै, स्टान्डर्ड चार्टर्ड बैंक ९१ करोड ५८ लाख, हिमालयन बैंक ८२ करोड ३२ लाख, नेपाल बैंक ८० करोड ९८ लाख, सानिमा बैंक ७७ करोड ९२ लाख, प्रभु बैंक ७३ करोड ७७ लाख, नेपाल एसबिआई बैंक ६७ करोड २० लाख, सिद्धार्थ बैंक ६६ करोड २७ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ६३ करोड ९ लाख, लक्ष्मी सनराइज बैंक ६२ करोड ८१ लाख, माछापुच्छ्रे बैंक ६० करोड ९९ लाख, एनआईसी एशिया ३४ करोड ३४ लाख, कृषि विकास बैंक ७ करोड ४९ लाख, र सिटिजन्स बैंक १ करोड ६४ लाख रुपैयाँमा सीमित रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend