२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई दियो १३५...

लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई दियो १३५ रनको लक्ष्य

लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई दियो १३५ रनको लक्ष्य

सीएनएन खबर
बिहिवार, मंसिर २५ २०८२०५:५३
सीएनएन खबर
बिहिवार, मंसिर २५ २०८२०५:५३
  • images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबार जारी खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई जितका लागि एक सय ३५ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा अठ विकेट गुमाएर एक सय ३४ रन बनायो ।

    ओपनर ब्याट्सम्यान दिनेश अधिकारी (एक रन) लाई सस्तैमा गुमाएको लुम्बिनीका लागि अर्का ओपनर डी’आर्ची सर्ट र तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान रोहित पौडेलले उत्कृष्ट साझेदारी गरे ।

    यी दुबै ब्याट्सम्यानले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरे । डी’आर्ची सर्टले महत्वपूर्ण ४५ रन बनाए । उनले केवल ४१ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काए ।

    कप्तान रोहितले पनि टोलीको खातामा ३४ रन थपे । उनले ३० बलमा दुई छक्का र दुई चौका प्रहार गरे । निरोसन डिक्वेलाले २२ बलमा चार चौकाको मद्दतले २९ रन बनाए ।

    सन्दीप जोरा र जोनाथन जोहानेश स्मित खाता खोल्नुअघि नै पेभेलियन फर्किए । दिलीप नाथ पनि केवल एक रन बनाउँदै आउट भए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend