२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • गाउँपालिका उपाध्यक्षसहित चार जनाले हुँदै नभएको...

गाउँपालिका उपाध्यक्षसहित चार जनाले हुँदै नभएको घरजग्गा देखाएर ऋण लिएपछि...

गाउँपालिका उपाध्यक्षसहित चार जनाले हुँदै नभएको घरजग्गा देखाएर ऋण लिएपछि...

बिहिवार, मंसिर २५ २०८२०५:५८
बिहिवार, मंसिर २५ २०८२०५:५८
  • images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुँदै नभएको घरजग्गा देखाएर ऋण लिएको भन्दै कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथसहित चारजनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

    गाउँपालिका उपाध्यक्ष नाथसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव–इन्जिनियर जय कुँवर र असिस्टेन्ट सव–इन्जिनियर तेजबहादुर सुनारविरुद्ध बिहीबार भ्रष्टाचारको मुद्दा विशेष अदालत काठमाडौंमा दर्ता गरेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

    उनका अनुसार बेलडाँडी गाउँपालिका–२ स्थित कित्ता नं. ३५७ क्षेत्रफल ४०० वर्ग मिटर जग्गामा हुँदै नभएको घर छ भनी नक्सा तयार गरी जग्गा/घर धितोमा राखेर लक्ष्मी सनराईज बैंकबाट ३३ लाख ७५ हजार ऋण लिएर भ्रष्टाचार गरेको आयोगले ठहर गरेको हो ।

    हुँदै नभएको घरजग्गाको नक्सा पास गराइ लक्ष्मी सनराइज बैंक कञ्चनपुर शाखाबाट २०७८ चैत १० गते २३ लाख ७५ हजार र २०७९ असोज १३ गते १० लाख गरी कुल ३३ लाख ७५ हजार रुपैयाँ ऋण लिएको छानबिनबाट पुष्टि भएको आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend