२०८३, आश्विन १९ गते

images

एनपीएल: लुम्बिनी लायन्स फाइनलमा प्रवेश

एनपीएल: लुम्बिनी लायन्स फाइनलमा प्रवेश

बिहिवार, मंसिर २५ २०८२०८:१४
बिहिवार, मंसिर २५ २०८२०८:१४
  • images

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा लुम्बिनी लायन्सले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा लुम्बिनीले विराटनगर किङ्सलाई ४० रनले हराउँदै उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भिड्ने अवसर पक्का गरेको हो।

    एनपीएलमा पहिलोपल्ट प्लेअफमा पुगेको लुम्बिनी लगातार पाँचौं जितपछि फाइनलमा प्रवेश गरेको छ। लुम्बिनीले पहिलेको इलिमिनेटरमा काठमाडौं गोर्खाजमाथि चार विकेटले जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। यस खेलमा पनि लुम्बिनीले बलिङ लय कायम राख्दै विराटनगरलाई मध्य ओभरमै दबाबमा पारेको थियो।

    विराटनगरले दिएको १३५ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा १७.५ ओभरमा मात्र ९४ रनमा अलआउट भयो। ओपनर मार्टिन गप्टिल २ र लोकेश बम शून्यमा आउट भएपछि टीमको सुरुवातै कमजोर भयो। नामिबियाका तीव्र गतिका बलर रुबेन ट्रम्पलमेनले पहिलो दुई विकेट लिए भने स्पिनर शेर मल्लले दोस्रो ओभरमै फाप डुप्लेसिसलाई पभेलियन फर्काए।

    साम हेजलेटले ३४ रन बनाएका थिए भने मार्चन्ट डे लांगे १७ रनमा आउट भए। नरेन भट्टले २१ रन जोड्दा अन्य ब्याटरले अपेक्षित प्रदर्शन गर्न सकेनन्। लुम्बिनीका लागि तिलक भण्डारीले ३, अभिषेश गौतम, जेजे स्मिथ र ट्रम्पलमेनले दुई–दुई तथा शेर मल्लले एक विकेट लिए।

    यसअघि टस हारेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो। ओपनर डार्सी सटले ४५ रन, कप्तान रोहित पौडेलले ३४ रन बनाए। डार्सीले दोस्रो विकेटका लागि रोहितसँग ६९ रनको साझेदारी गर्दै टीमलाई बलियो स्थिति दिएको थियो। तर अन्य ब्याटरले पर्याप्त रन बनाउन सकेनन्।

    विराटनगरको बलिङमा सुवास भण्डारीले ३, प्रतिश जिसीले ३ र कप्तान सन्दीप लामिछानेले २ विकेट लिए।

    यस जितसँगै लुम्बिनी लायन्स फाइनलमा प्रवेश गरेको छ भने विराटनगर किङ्स पहिलोपल्ट प्लेअफमा पुगेको भए पनि फाइनलमा पुग्न असफल भएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend