२०८३, आश्विन २० गते

images

ललितपुरमा पाँच वटा सवारी साधन एकापसमा ठाक्किए, एक जनाको मृत्यु

ललितपुरमा पाँच वटा सवारी साधन एकापसमा ठाक्किए, एक जनाको मृत्यु

बिहिवार, मंसिर २५ २०८२११:०७
बिहिवार, मंसिर २५ २०८२११:०७
  • images

    काठमाडौं । ललितपुरस्थित युएन पार्कनजिक आज एकै ठाउँमा पाँच वटा सवारी साधन ठोक्किएर दुर्घटना भएको छ। उक्त दुर्घटनामा रौतहट जिल्लाको गौर बस्ने ४५ वर्षका राजिव सिन्हाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

    उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बा ५१ प ९५६९ नम्बरको स्कुटरका चालक सिन्हाको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो।

    स्कुटरसहित कुपण्डोलबाट आउँदै गरेको बा प्र ०१–०२९ च ३८९६ नम्बरको निजी भ्यान, विपरीत दिशाबाट आउँदै गरेको बाप्र ०१–०२२ च ००६१ नम्बरको कार, बा २ ज ४७६० नम्बरको कार र बाप्र ०१–०२९ नम्बरको भ्यानसमेत ठोक्किन पुगेको थियो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend