२०८३, आश्विन २० गते

images

ड्युटी पोसाकमा टिकटक बनाउने २ सय १२ सशस्त्र प्रहरी कारवाहीमा

ड्युटी पोसाकमा टिकटक बनाउने २ सय १२ सशस्त्र प्रहरी कारवाहीमा

शुक्रवार, मंसिर २६ २०८२०४:१९
शुक्रवार, मंसिर २६ २०८२०४:१९
  • images

    काठमाडौं । सशस्त्र प्रहरी बलले पोसाक लगाएर विभिन्न सामाजिक सञ्जाल, विशेषगरी टिकटक र इन्स्टाग्राम रिल्समा भिडियो बनाएको भन्दै २ सय १२ जना सशस्त्र प्रहरी कर्मचारीलाई कारवाही गरेको छ। आचारसंहिता विपरित गतिविधि गर्नेलाई कारवाही गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। 

    सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) मनिष थापा कर्मचारीले सामाजिक सञ्जालमा पोसाकको प्रयोग गरी भिडियो बनाएर संगठनको गरिमा र व्यावसायिकतामा आँच आउने काम गरेकाले कारवाही गर्नु परेको बताए। 

    कारबाहीमा परेका कर्मचारीलाई उनीहरूको गल्तीको प्रकृति र संलग्नताको आधारमा विभिन्न स्तरका सजाय तोकिएका छ। प्रवक्ता थापाका अनुसार उनीहरूलाई बढुवा रोक्का गर्ने चेतावनी, सचेत गराउने, ध्यानाकर्षण गराउने र मौखिक रूपमा सम्झाइबुझाई गर्ने जस्ता कारबाही गरिएको छ।

    यसले कर्मचारीलाई भविष्यमा यस्ता गैरव्यावसायिक गतिविधि दोहोर्‍याउन निरुत्सान गर्ने अपेक्षा छ। सशस्त्र प्रहरी बलले सामाजिक सञ्जाल अनुगमन शाख समेत स्थापना गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend