२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • एनपीएल सिजन–२ मा कसले के पुरस्कार...

एनपीएल सिजन–२ मा कसले के पुरस्कार जिते ?

एनपीएल सिजन–२ मा कसले के पुरस्कार जिते ?

शनिवार, मंसिर २७ २०८२०७:१३
शनिवार, मंसिर २७ २०८२०७:१३
  • images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो।

    यस संस्करणमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भए। रोहितले प्रतियोगिताभर २७६ रन बनाउनुका साथै १० विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। उनलाई पुरस्कारस्वरूप ओमोडा कार प्रदान गरिएको छ। रोहित प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि घोषित भए, जसका लागि उनले पल्सर बाइक प्राप्त गरे।

    रेड बुल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिम रोयल्सका अविनाश बोहरा घोषित भए। उनले प्रतियोगितामा १७ विकेट लिँदै संयुक्त रूपमा सर्वाधिक विकेट लिने खेलाडी बने।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) लुम्बिनी लायन्सका नामिबियन पेस बलर रुबेन ट्रम्पलमन घोषित भए। उनले १५ विकेट लिँदै ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। ट्रम्पलमन फाइनल खेलका प्लेयर अफ द म्याच पनि घोषित भए।

    यसैगरी प्रतियोगिताको उत्कृष्ट बलर विराटनगर किंग्सका सन्दीप लामिछाने घोषित भए। उनले पल्सर बाइक प्राप्त गरे। लुम्बिनी लायन्सका तिलकराज भण्डारी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भए भने उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनीका शेर मल्ल बने। शेर मल्लले पनि पुरस्कारस्वरूप पल्सर बाइक प्राप्त गरे।

    यसरी व्यक्तिगत तथा टोलीगत उत्कृष्ट प्रदर्शनसहित लुम्बिनी लायन्सले एनपीएल सिजन–२ लाई सफलतापूर्वक आफ्नो नाममा लेखाउन सफल भयो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend