२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • समता घरेलु लघुवित्तले ५.२६ प्रतिशत लाभांश...

समता घरेलु लघुवित्तले ५.२६ प्रतिशत लाभांश प्रस्ताव, ५ प्रतिशत बोनस सेयर दिने

समता घरेलु लघुवित्तले ५.२६ प्रतिशत लाभांश प्रस्ताव, ५ प्रतिशत बोनस सेयर दिने

सीएनएन खबर
आइतवार, मंसिर २८ २०८२१०:३२
सीएनएन खबर
आइतवार, मंसिर २८ २०८२१०:३२
  • images

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    संस्थाको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी ६२ करोड ९० लाख ५१ हजार ५६४ रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावअनुसार सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ ।

    उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीलाई वितरण गरिने समता घरेलु लघुवित्तले जनाएको छ ।

    संस्थाले पछिल्लो समय वित्तीय सूचकहरूमा सुधार गर्दै सेयरधनीलाई प्रतिफल प्रदान गर्ने रणनीतिलाई निरन्तरता दिएको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend