२०८३, आश्विन २० गते

images

बैंकिङ प्रणालीमा अधिक तरलता, थप ३५ अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता, थप ३५ अर्ब खिच्दै राष्ट्र बैंक

आइतवार, मंसिर २८ २०८२११:१२
आइतवार, मंसिर २८ २०८२११:१२
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज थप ३५ अर्ब रूपैयाँ खिच्ने भएको छ। बजारमा अत्याधिक तरलता बढेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रकम उठाउने भएको हो।

    राष्ट्र बैंकले १० दिनका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ। बोल गर्न सकिने रकम कम्तीमा १० करोड रूपैयाँ र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ।

    सावाँ तथा ब्याज भुक्तानी आगामी पुस ९ गते तोकिएको छ। यसको ब्याज दरसमेत बोलकबोलको माध्यमबाट हुनेछ। राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याज दरमा गर्नुपर्ने छ। बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ।

    निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend