२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा...

कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

आइतवार, मंसिर २८ २०८२०४:३२
आइतवार, मंसिर २८ २०८२०४:३२
  • images

    काठमाडौं ।  नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ करोड ६८ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

    गोकर्णेश्वर नगरपालिकाका मेयर रहँदा उनले गैरकानुनी रूपमा रकम आर्जन गरेको आरोप छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित चालिसे हाल अर्थ समितिका सभापति हुन् । हालै सोही क्षेत्रबाट उम्मेदवारका रूपमा पनि सिफारिस भएका थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend