२०८३, आश्विन १९ गते

images
  • अटो
  • नाइमाले मनायो पहिलो वार्षिक साधारण सभा,...

नाइमाले मनायो पहिलो वार्षिक साधारण सभा, के के भए निर्णय

नाइमाले मनायो पहिलो वार्षिक साधारण सभा, के के भए निर्णय

सोमवार, मंसिर २९ २०८२१०:२६
सोमवार, मंसिर २९ २०८२१०:२६
  • images

    काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ९नाइमा० को पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रितु सिंह वैद्यको अध्यक्षतामा नाइमाको कार्यालय, कमलपोखरीमा सम्पन्न भएको हो ।

    साधारण सभाले संस्था स्थापना भएदेखि हालसम्मका प्रमुख उपलब्धि र सिकाइहरूको समीक्षा गर्दै आगामी वर्षका कार्यक्रम, संस्थागत संरचना तथा रणनीतिक योजनाहरू औपचारिक रूपमा पारित गरेको छ ।

    सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले छोटो अवधिमै नाइमा देशको मोबिलिटी क्षेत्रको एकीकृत र सशक्त आवाजका रूपमा स्थापित हुन सफल भएको बताइन् । उनले विगत नौ महिनामा हासिल गरिएका उपलब्धिहरू प्रस्तुत गर्दै पहिलो ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५’ को सफल आयोजना तथा मोबिलिटी क्षेत्रका सिकाइ सत्रहरूको निरन्तर सञ्चालनले संस्थाको भूमिका अझ व्यापक र विश्वसनीय बनेको उल्लेख गरिन् ।

    कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१र८२ को लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तीय प्रतिवेदन र आगामी वर्षको कार्यक्रम तथा वित्तीय योजना प्रस्तुत गरे । साथै, संस्थाको दीर्घकालीन उद्देश्य हासिल गर्न प्रभावकारी कार्ययोजना र पारदर्शी वित्तीय व्यवस्थापनप्रति कार्यालयको प्रतिबद्धता दोहोर्याए ।

    साधारण सभाले आर्थिक वर्ष २०८२र८३ का लागि नियमित मोबिलिटी संवाद, क्षमता अभिवृद्धि तालिम, क्षेत्रगत अध्ययन–अनुसन्धान, नीतिगत बहस तथा पैरवी र ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५’ को आयोजना लगायतका कार्यक्रमहरू पारित गरेको छ । आगामी मोबिलिटी एक्सपो २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने तयारी नाइमाले गरेको जनाएको छ ।

    संस्थागत सुदृढीकरणअन्तर्गत सदस्य आकाश गोल्छाको नेतृत्वमा रणनीति तथा मेम्बरशिप अफेयर्स समिति गठन गर्ने निर्णय गरिएको छ । साथै, मेगाटेक ग्रुप प्रालिलाई नयाँ सदस्यका रूपमा स्वागत गर्दै कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा समितिमा सदस्यका रूपमा मनोनयन गरिएको छ ।

    समापनमा अध्यक्ष वैद्यले नेपाली मोबिलिटी क्षेत्रको दीर्घकालीन उन्नतिका लागि नाइमाले सक्रिय भूमिका खेलिरहने प्रतिबद्धता व्यक्त गरिन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend