काठमाडौँ । ज्योति विकास बैंकको रुपनी शाखाका कर्मचारीमाथि ऋणीहरुले नियोजित रुपमा दुव्र्यवहार भएको भन्दै बैंकले सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.का सञ्चालक ऋणीहरुले कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा छलफल गर्न भनि संवादका लागि टेलीफोनबाट कुराकानी भए बमोजिम यस बिकास बैंकको क्षेत्रीय कार्यालय बर्दिबासका २ जना कर्मचारीहरु कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा ऋणीसँग छलफल गर्न गएको थिए ।
कर्मचारीहरुलाई फर्म रहेको स्थानमा ऋणी प्रा.लि.का संचालक, निजका परिवारका सदस्य तथा सहयोगीहरुले छलफलका लागि खटाइएका कर्मचारीहरूलाई नियन्त्रणमा लिई नियोजित रूपमा दुव्र्यवहार गर्दै ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको जस्तो गम्भीर आपराधिक घटनाको यस विकास बैंक घोर भत्र्सना गर्दछ’, बैंकले एक विज्ञप्ती जारी गर्दै भनेको छ, अपराधिक मनोवृत्तिले सुनियोजित ढंगबाट घण्टौंसम्म आफ्नो नियन्त्रणमा लिई बहालवाला उपमेयर समेतको संलग्नतामा भएको यो घटना अत्यन्त खेदजनक रहेको छ । साथै, कर्मचारीहरुलाई नियन्त्रणमा लिई धितो लिलामी स्थगनको निर्णय लिखित रुपमा तत्काल केन्द्रिय कार्यालयबाट पत्र उपलब्ध नगराएमा ज्यान लिने धम्की दिएको अवस्थामा सुरक्षा निकायबाट कुनै सहयोग नपाएपछि बैंकलाई विकल्पविहिन अवस्थामा उक्त पत्र लेख्न बाध्य बनाइएको व्यहोरा समेत सम्पुर्णमा जानकारी गराउँदछौं ।’
ज्योति विकास बैंक नियामक निकाय नेपाल राष्ट्र बैंकबाट जारी गरिएका नीति तथा निर्देशन र विभिन्न ऐन, नियमको पालना गर्दै बैंकिग ब्यवसाय गर्ने राष्ट्रिय स्तरको विकास बैंकको रहेको विज्ञप्तीम उल्लेख छ ।

