२०८३, आश्विन २० गते

images

चालु खाता २ खर्ब ७९ अर्ब र शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब बचतमा

चालु खाता २ खर्ब ७९ अर्ब र शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब बचतमा

सोमवार, मंसिर २९ २०८२०४:४१
सोमवार, मंसिर २९ २०८२०४:४१
  • images

    काठमाडौं । विदेशी विनिमय सञ्चिति ३० खर्ब ५५ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भई २०८२ कात्तिक मसान्तसम्ममा ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको हो ।

    अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १२.८ प्रतिशतले वृद्धि भई २७ खर्ब २४ अर्ब ६६ करोड पुगेको छ ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा २५.८ प्रतिशतले वद्धि भई ३ खर्ब ३० अर्ब ८५ करोड कायम भएको छ । २०८२ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend