२०८३, आश्विन २० गते

images

पेट्रोलको मूल्य बढ्यो

पेट्रोलको मूल्य बढ्यो

सोमवार, मंसिर २९ २०८२०९:३२
सोमवार, मंसिर २९ २०८२०९:३२
  • images

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले मंगलबार (पुस १) बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको छ । 

    डिजेल र मट्टीतेलको मूल्य भने घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य लिटरमा चार रुपैयाँले घटाइएको हो । "निगम सञ्चालक समितिको मिति २०८२/०८/२९ को निर्णयानुसार १६ डिसेम्बर, २०२५ (मिति २०८२/०९/०१ को बिहानदेखि लागु हुनेगरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर डिजेल/मट्टितेलमा प्रतिलिटर रु ४ ले घटाइएको तथा पेट्रोलमा प्रतिलिटर रु २ ले बढाइएको छ," निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ।

    मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ । 

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

    pe.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend