२०८३, आश्विन २० गते

images

सतुंगलमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सतुंगलमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मंगलवार, पौष १ २०८२०२:११
मंगलवार, पौष १ २०८२०२:११
  • images

    काठमाडौं ।  चन्द्रागिरि नगरपालिका–१२ सतुंगलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
    प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल र बाप्र ०२–०६१ प ३८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर हुँदा प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल चालक सोही ठाउँका २५ वर्षीय आयुष महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend