२०८३, आश्विन २० गते

images

कामना सेवा विकास बैंकले दियो नेपाल बार एशोसिएशनलाई कम्प्युटर

कामना सेवा विकास बैंकले दियो नेपाल बार एशोसिएशनलाई कम्प्युटर

बुधवार, पौष २ २०८२०७:२६
बुधवार, पौष २ २०८२०७:२६
  • images

    काठमाडौँ । कामना सेवा विकास बैंकले नेपाल बार एशोसिएशन, रामशाहपथलाई कम्प्युटर हस्तान्तरण गरेको छ । 

    भदौ २३ र २४ गते मुलुकमा भएको जेनजी युवा समुहको आन्दोलनको क्रममा उत्पन्न भएको तोडफोड तथा आगजनीको घटनाबाट नेपाल बार एशोसिएशनको भवन, भवन परिसरमा क्षति भएकोले कार्यालय संचालन गर्न आवश्यक कम्प्युटर हस्तान्तरण गरेको हो । 

    बैंकका कानुन विभागका प्रमुख तथा अधिवक्ता डण्डापानी भट्टराईले नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रलाई हस्तान्तरण गरे । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रा. डा. मिश्रले बैंकद्वारा गरिएको कम्प्युटर हस्तान्तरणले एशोसिएशनमा काम गर्नको लागि महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

    उक्त कार्यक्रममा बोल्दै बैंकका कानुन विभागका प्रमुख तथा अधिवक्ता भट्टराईले नेपाल बार एशोसिएशनको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका सिएसआर विभाग प्रमुख सुशिल पौडेल, बार एशोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend