२०८३, आश्विन २० गते

images

कतारबाट नेपाल हात्ती लिन आएको जहाज कलकत्ता डाइभर्ट

कतारबाट नेपाल हात्ती लिन आएको जहाज कलकत्ता डाइभर्ट

बुधवार, पौष २ २०८२०२:०७
बुधवार, पौष २ २०८२०२:०७
  • images

    काठमाडौं । नेपालबाट दुईवटा हात्ती लैजान आएको तार एयरवेजको कार्गो चार्टर विमान खराब मौसमका कारण कलकत्ता डाइभर्ट भएको छ ।

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराब भएपछि केही समय काठमाडौंको आकाशमा होल्ड भएको विमान इन्धन सकिन लागेको भन्दै कलकत्ता डाइभर्ट भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । 

    मौसममा सुधार आए दिउँसो विमान भैरहवा फर्किने तयारीमा रहेको छ । २ पाइलटसहित पाँच जना क्रु मेम्बर रहेको दोहा–भैरहवा–दोहा रुटमा सञ्चालन हुने कार्गो विमानले ३ लाख ४७ हजार ८१४ केजी अधिकतम तौल लिएर टेकअफ गर्न सक्छ ।

    नेपाल सरकारले कतार सरकारलाई दुईवटा हात्ती उपहार दिने निर्णय गरेसँगै चितवनको सौराहाबाट सोमबार भैरहवा पुर्‍याइएको थियो । उपहारस्वरूप प्रदान गरेका ‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ हात्ती मंगलबार बिहान भैरहवा पुर्‍याइएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend