२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • नेपाल ट्रस्ट जग्गा प्रकरणमा पूर्वसचिव कार्कीसहित...

नेपाल ट्रस्ट जग्गा प्रकरणमा पूर्वसचिव कार्कीसहित ४ जनाविरुद्ध ठगी मुद्दा दर्ता

नेपाल ट्रस्ट जग्गा प्रकरणमा पूर्वसचिव कार्कीसहित ४ जनाविरुद्ध ठगी मुद्दा दर्ता

बुधवार, पौष २ २०८२०४:५३
बुधवार, पौष २ २०८२०४:५३
  • images

    काठमाडौं । नेपाल ट्रस्टको जग्गा प्रकरणमा ४ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ। पूर्वसहसचिव लेखबहादुर कार्की, पूर्वसचिव अर्जुनकुमार कार्की, थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम सेपाविरुद्ध मुद्दा दायर भएको हो।

    नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानमा जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले बुधबार मुद्दा दायर गरेको हो। जिल्ला अदालत, काठमाडौँमा दर्ता गरिएको मुद्दामा चारै जनालाई पाँच वर्ष कैद सजाय माग गरिएको छ।

    उनीहरूले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भए पनि एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको खुलेको छ। यसरी गरेको सम्झौता नियम संगत नदेखिएको र ठगी गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानको निस्कर्ष छ।

     


     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend