२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • कामना सेवा विकास बैकद्वारा स्वास्थ्य  केन्द्रहरुमा...

कामना सेवा विकास बैकद्वारा स्वास्थ्य  केन्द्रहरुमा वाटर प्यूरिफायर तथा डिस्पेन्सर सहयोग

कामना सेवा विकास बैकद्वारा स्वास्थ्य  केन्द्रहरुमा वाटर प्यूरिफायर तथा डिस्पेन्सर सहयोग

बिहिवार, पौष ३ २०८२०७:३२
बिहिवार, पौष ३ २०८२०७:३२
  • images

    काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत झापा स्थित दमक नगरपालिका वडा नं. ५ स्थित आधारभूत स्वास्थ्य केन्द«लाई तथा कमल गाउँपालिका वडा नं. ५ स्थित सामुदायिक स्वास्थ्य केन्द« सिम्लेलाई १÷१ थान वाटर प्यूरिफायर र डिस्पेन्सर हस्तान्तरण गरेको छ ।

    बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले दमक नगरपालिका ०५ का वडा अध्यक्ष इन्द« गुरुङलाई तथा कमल गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष लाल बहादुर बिष्टलाई १÷१ थान वाटर प्यूरिफायर र डिस्पेन्सर हस्तान्तरण गरेका हुन् ।

    बैंकको यस सहयोगबाट वडामा सेवा लिन आउने सबैजना लाभान्वित हुने विश्वास वडा अध्यक्ष गुरुङ तथ बिष्टले बताउनुभयो । साथै, यस्तो परोपकारी कार्यक्रम गर्नुभएकोमा बैंकलाई धन्यवाद पनि ज्ञापन गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, वडा अध्यक्ष तथा वडा कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend