काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी देवचन्द्रलाल कर्णले पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट कर्णलाई प्राधिकरणको रिक्त महानिर्देशक पदको कामकाज गर्ने गरी सरकारले निमित्तको जिम्मेवारी दिएको हो ।
निवर्तमान महानिर्देशक ई। प्रदीप अधिकारी १७ मंसिरदेखि भ्रष्टाचार आरोपमा निलम्बनमा परेपछि प्राधिकरणको महानिर्देशक पद रिक्त छ । उनी निलम्बनमा परेसँगै सरकारले अर्काे व्यवस्था नहुँदासम्मका लागि पर्यटन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई दिएको थियो ।
शुक्रबार सरकारले क्यानकै अधिकारी कर्णालाई निमित्तको जिम्मेवारी दिएको हो । कर्ण प्राधिकरणका वरिष्ठ १२ औं तहका उपमाहानिर्देशक हुन् । उनले शुक्रबार नै पदभार ग्रहणसमेत गरेका छन् ।
प्राधिकरणमा हाल ५ जना उपमहानिर्देशक मात्रै रहेकामा २ वरिष्ठ र प्रमुख दावेदारलाई पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थमा भ्रष्टाचार मुद्दा लागेको छ । प्राधिकरणका वरिष्ठ उपमहानिर्देशक प्रतापवाबु तिवारी र हंशराज पान्डेविरुद्धसमेत अख्तियारले मुद्दा दर्ता गराएकोले त्यसको अन्तिम टुंगो नलागेसम्म उनीहरुसमेत निलम्नमै रहेनछन् ।

