२०८३, आश्विन २० गते

images

बैंकिङ प्रणालीमा अधिक तरलता, थप २० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता, थप २० अर्ब खिच्दै राष्ट्र बैंक

आइतवार, पौष ६ २०८२१०:३८
आइतवार, पौष ६ २०८२१०:३८
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ८४ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले पुस ६ गते मध्यान्ह २ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल आह्वान गरेको हो।

    केन्द्रीय बैंकका अनुसार उक्त दिन नै निक्षेप संकलन उपकरणको निष्कासन पनि गरिनेछ। बोलकबोलबाट व्याजदर निर्धारण हुने व्यवस्था गरिएको छ भने साँवा तथा व्याजको भुक्तानी चैत १ गते गरिनेछ। यसमा सहभागी बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म, पाँच करोडले भाग गर्दा निःशेष जाने गरी बोल गर्न सक्नेछन्।

    निक्षेप संकलन उपकरणलाई नेपाल राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। बोलकबोल गर्दा व्याजदरमा नै प्रस्ताव गर्नुपर्नेछ भने बहुव्याजदरमा पनि बहुवोलकबोल गर्न सकिनेछ। यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

    बोलपत्रमा निक्षेपका लागि जम्मा गर्न चाहेको रकम र व्याजदर स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम व्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमशः रकम बाँडिनेछ। यदि समान व्याजदरमा परेको बोलका कारण कुल निष्कासित रकमभन्दा बढी हुन गएमा प्रो–राटा आधारमा बाँडफाँट गरिनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend