२०८३, आश्विन २० गते

images

एनआईसी एशिया बैंकका अध्यक्षले दिए राजीनामा

एनआईसी एशिया बैंकका अध्यक्षले दिए राजीनामा

आइतवार, पौष ६ २०८२१२:२२
आइतवार, पौष ६ २०८२१२:२२
  • images

    काठमाडौँ । एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्ष तुल्सीराम अग्रवालले राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकको कारबाहीमा परेपछि अग्रवालले राजीनामा दिएका हुन्।

    राष्ट्र बैंकले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपाने र अध्यक्ष अग्रवाललाई २/२ लाख जरिवाना तिराउने निर्णय गरेको थियो । सो पत्र बैंकका प्रतिनिधिले पुस ४ गते लिएका थिए ।

    पत्र प्राप्त गरेपछि अध्यक्ष अग्रवालले राजीनामा दिएका हुन् । उनको राजीनामा आइतबारको सञ्चालक समिति बैठकले स्वीकृत गरेको हो ।

    तत्कालीन सीईओ न्यौपान बैंकबाट बाहिरिइ सकेका छन् । बैंकले नयाँ सीईओ नियुक्त पनि गरिसकेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend