२०८३, आश्विन २० गते

images

आयात–निर्यात दुवै बढ्यो

आयात–निर्यात दुवै बढ्यो

सोमवार, पौष ७ २०८२०४:०२
सोमवार, पौष ७ २०८२०४:०२
  • images

    काठमाडौं ।  चालु आर्थिक वर्ष २०८२।८३ को सुरुवाती पाँच महिनामा ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख रुपैयाँभन्दा बढीको सामान आयात गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.८३ प्रतिशतले बढी हो। उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ तथा निर्माण सामग्री आयात वृद्धिका मुख्य कारक बनेका छन्।

    भन्सार विभागको तथ्यांक अनुसार पाँच महिनामा नेपालबाट १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको सामान विदेशिएको छ, जुन गत वर्षको यही अवधिको तुलनामा ५८.१७ प्रतिशतले वृद्धि हो। कृषिजन्य वस्तु, जडीबुटी, अलैंची, चिया तथा केही औद्योगिक उत्पादनको माग बढेसँगै निर्यातमा सुधार आएको विभागको विश्लेषण छ।

    आयात र निर्यात दुवैमा उल्लेख्य वृद्धि देखिँदा समग्र व्यापारिक गतिविधि चलायमान बन्दै गएको संकेत देखिएको छ। आयात र निर्यात दुवै बढ्दा कुल वैदेशिक व्यापार पनि विस्तार भएको छ।

    चालु आवको पाँच महिनामा कुल व्यापार २०.०७ प्रतिशतले बढेर ८ खर्ब ८२ अर्ब रुपैयाँ नाघेको छ। यसले बजारमा माग क्रमशः बढ्दै गएको र आर्थिक गतिविधि विस्तारतर्फ उन्मुख भएको संकेत गर्छ। आयातको आकार अझै ठूलो भएकाले व्यापार घाटा भने दबाबमै छ। सो अवधिमा व्यापार घाटा ६ खर्ब ४६ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १०.५२ प्रतिशतले बढी हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend