काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त रहेको कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा राजेन्द्र भट्टराई बढुवा भएका छन्। बैंकको मानव संसाधन व्यवस्थापन विभागले सोमबार एक सूचना जारी गर्दै भट्टराईलाई विशिष्ट श्रेणीको कार्यकारी निर्देशक पदमा बढुवा गरिएको जानकारी दिएको हो।
नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (संशोधन समेत) को विनियम ५२ बमोजिम सम्भाव्य भएका निर्देशकहरूमध्येबाट विनियम ६५ को उपविनियम (२) अनुसार उनलाई पदोन्नति गर्ने निर्णय गरिएको बैंकले जनाएको छ। यसअघि बैंकको कानून महाशाखामा निर्देशक (अधिकृत प्रथम श्रेणी) का रूपमा कार्यरत भट्टराई आफ्नो कार्यदक्षता र इमानदारिताका लागि परिचित छन्। उनको कार्यकुशलता र अथक परिश्रमको उच्च मूल्यांकन गर्दै बैंकले यो जिम्मेवारी सुम्पिएको हो।

