२०८३, आश्विन २० गते

images

हेटौंडामा सडक विस्तार, माइतीघरमा विरोध प्रदर्शन

हेटौंडामा सडक विस्तार, माइतीघरमा विरोध प्रदर्शन

मंगलवार, पौष ८ २०८२१२:५७
मंगलवार, पौष ८ २०८२१२:५७
  • images

    काठमाडौं । हेटौंडा सडक विस्तारका क्रममा संरचना भत्काइएका पीडिले माइतीघरमा बाजागाजा र प्लेकार्डसहित विरोध प्रदर्शन गरेका छन्। सडक विस्तारका लागि सरकारले  निजी सम्पत्तिमाथि डोजर चलाएको र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध नगराएको उनीहरूको गुनासो छ।

    सरकारले कुनै पनि माग सम्बोधन नगरेकाले हेटौडाबाट माइतीघरमा आई प्रदर्शनी गर्नुपरेको हेटौडा बसोबास संरक्षण समिति सदस्य भुवन श्रेष्ठले जानकारी दिए। हेटौंडामा २५ गजको सडक सीमाभित्रका मुख्य बजार क्षेत्रका घरटहरा सरकारी पक्षले भत्काएपछि त्यहाँका स्थानीयले प्रदर्शन गरेका हुन्। माइतघरमा भेला भएर उनीहरूले प्ले कार्डसहित धिमे बाजा बजाएर विरोध प्रदर्शन गरेका हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend