२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बुझायो...

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बुझायो प्रतिवेदन(पूर्णपाठ)

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बुझायो प्रतिवेदन(पूर्णपाठ)

मंगलवार, पौष ८ २०८२०६:०५
मंगलवार, पौष ८ २०८२०६:०५
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधारका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन सार्वजनिक गरेको छ। गत असार ३१ गते बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गभर्नर डा.विश्वनाग पौडेल समक्ष बुझाएको सुझाव ६ महिनापछि सार्वजनिक गरेको हो।

    गभर्नर पौडेलले गत जेठ ३० गते डा.रेवत बहादुर कार्कीको संयोजकत्वमा ‘ बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल’ गठन गरेका थिए। उक्त कार्यदलले असार अन्तिम साता गभर्नर पौडेललाई सुझाव प्रतिवेदन पेस गरेको थियो। सोही प्रतिवेदन राष्ट्र बैंकले ६ महिनापछि पुस ८ गते सार्वजनिक गरेको हो।  

    कार्यदलले ६ वटा एजेन्डा बनाएर बैंकिङ क्षेत्रको सुधारका लागि सुझाव कुल ४९ वटा दिएको छ। जसमा पहिलो एजेन्डामा बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धम १९ वटा सुझाव दिइएको छ। 

    दोस्रो एजेन्डामा आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा ९ वटा सुझाव, तेस्रो एजेन्डामा ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा ४ वटा सुझाव, चौथो एजेन्डा बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा ५ वटा सुझाव, पाँचौ एजेन्डामा नेपाललाई ग्रे लिष्टबाट हटाउन केन्द्रीय बैंकले खेल्नुपर्ने भूमिका सम्बन्धमा ३ वटा सुझाव र छैटौं एजेन्डामा पुँजीबजार विकासमा केन्द्रीय  बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा ९ वटा सुझाव दिइएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend