२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • बहुदरमाईका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मुस्तफासहित...

बहुदरमाईका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मुस्तफासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बहुदरमाईका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मुस्तफासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बुधवार, पौष ९ २०८२०२:१७
बुधवार, पौष ९ २०८२०२:१७
  • images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित ३ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

    गैरकानुनी लाभ वा हानि पुर्‍याइ भ्रष्टाचार गरेको आरोपमा आयोगले मुस्तफासहित नगरपालिकाका सहलेखापाल उपेन्द्रकुमार साह र  जन प्रतिबिम्ब दैनिकका प्रकाशक/प्रधानसम्पादक संजयकुमार साहविरुद्ध मुद्दा दायर गरेको हो ।

    आर्थिक वर्ष २०८०/८१ मा स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अन्तर्गत बैरिया प्रवेशद्वारदेखि नगरदाहासम्म सडक कालोपत्र गर्न खरिद ठेक्का लगाउँदा आपसी मिलेमतोमा ठेक्का लुकाएर नजिकको मान्छेलाई ठेक्का दिएर उनीहरूले भ्रष्टाचार गरेको आयोगको आरोप छ ।

    गत २५ चैत २०८० को बोलपत्र आह्वान भएको सूचना उक्त पत्रिकाको एक प्रतिमा मात्र प्रकाशित गरेको, तर प्रेस काउन्सिलको अभिलेखमा राखिएको उक्त दिनको पत्रिकाको हार्डकपी र पीडीएफ दुवैमा बोलपत्रको सूचना प्रकाशन नभएको पाइएको अख्तियारको भनाइ छ ।

    पत्रिकामा बोलपत्रको सूचना प्रकाशित नै नगरी झुट्टा बिल, भरपाइ पेस गरी ६५ हजार रुपैयाँ सो पत्रिकालाई भुक्तानी दिएको पाइएको अख्तियारको आरोपपत्रमा छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend