२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • प्राधिकरणको २० प्रतिशत सेयर निष्कासनको प्रक्रिया...

प्राधिकरणको २० प्रतिशत सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छुः मन्त्री घिसिङ

प्राधिकरणको २० प्रतिशत सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छुः मन्त्री घिसिङ

बुधवार, पौष ९ २०८२०३:२३
बुधवार, पौष ९ २०८२०३:२३
  • images

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले काम नगर्ने निर्माण व्यवसायीका ठेक्का तोडेर नयाँ प्रक्रियामार्फत आयोजना अगाडि बढाइरहेको बताएका छन्।

    मन्त्री घिसिङले राष्ट्रिय गौरवको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, पावरहाउस लगायत सिभिल निर्माण कार्यमा ठेक्का सम्झौताअनुसार प्रगति नभएपछि ठेक्का सम्झौता अन्त्य गरिएको जानकारी दिए। उनले नयाँ ठेक्का लगाउने प्रक्रिया अघि बढाइएको पनि बताए।

    यसैगरी, लामो समयदेखि उठ्न नसकेको डेडिकेटेड तथा ट्रंक लाइनको प्रिमियम महसुल बक्यौता किस्ताबन्दीमा असुल गर्न सुरु गरिएको उनले बताए। बन्द भएका उद्योग तथा बक्यौता नतिरेका उद्योगहरूबाट समेत महसुल असुली सुरु भइसकेको उनले उल्लेख गरे।

    मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्न सहमति बनाएर अर्थ मन्त्रालयमा पठाइएको जानकारी पनि दिएका छन्।

    त्यसैगरी, जेन–जी आन्दोलनका कारण क्षति पुगेका सरकारी भौतिक संरचनाहरूको पुनर्निर्माण कार्यमा पनि तीव्रता दिइएको छ। मन्त्रालय अन्तर्गत रहेका हरियो स्टिकर अर्थात् सामान्य क्षति पुगेका १४० वटा भवन संरचनाहरूको पुनर्निर्माण सारभूत रूपमा सम्पन्न भएको उनले दाबी गरे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend