२०८३, आश्विन २० गते

images

नेपाल ट्रस्ट जग्गा प्रकरणः तत्कालीन सचिव र सहसचिवलाई धरौटीमा छाड्न आदेश

नेपाल ट्रस्ट जग्गा प्रकरणः तत्कालीन सचिव र सहसचिवलाई धरौटीमा छाड्न आदेश

बुधवार, पौष ९ २०८२०९:०९
बुधवार, पौष ९ २०८२०९:०९
  • images

    काठमाडौं । काठमाडौँ जिल्ला अदालतले नेपाल ट्रस्टको जग्गा लिजमा दिँदा ठगी गरेको आरोप खेपेका तत्कालीन सचिव अर्जुनबहादुर कार्की र सहसचिव लेखबहादुर कार्कीलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
    बुधबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश रामचन्द्र खड्काको इजलासले दुवै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले तत्कालीन सचिव अर्जनुबहादुर कार्कीलाई ६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले पूर्व सहसचिव लेखबहादुर कार्कीसँग १० लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ । 

    नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले पुस २ गते पूर्वसहसचिव लेखबहादुर, पूर्वसचिव अर्जुन, थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेर्पाविरुद्ध मुद्दा दायर गरेको थियो ।

    उनीहरूले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भए पनि एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको सीआईबीको अनुसन्धानमा खुलेको थियो ।

    यसरी गरेको सम्झौता नियम सङ्गत नदेखिएको र ठगी गरेको सीआईबीको अनुसन्धानको निष्कर्ष थियो । २०७४ जेठ १४ गते भाडा बापत १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँ र निर्माण खर्च १९ करोड २९ लाख ६५ हजार ९२७ रुपैयाँ ६० पैसा गरी एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरिएको थियो ।

    नेपाल ट्रस्टको नाममा दर्ता कायम रहेको काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित कित्ता नं. ४६०६ को १–१४–०–३.५६ क्षेत्रफलको जग्गा लिजमा लिँदा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिबिच निर्माण अवधि ३ वर्षसमेत गरी ३० वर्षका लागि सम्झौता भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend