२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • प्रहरीका असईको नक्कली प्रमाणपत्रः भ्रष्टाचार मुद्दा...

प्रहरीका असईको नक्कली प्रमाणपत्रः भ्रष्टाचार मुद्दा दायर

प्रहरीका असईको नक्कली प्रमाणपत्रः भ्रष्टाचार मुद्दा दायर

शुक्रवार, पौष ११ २०८२०१:०६
शुक्रवार, पौष ११ २०८२०१:०६
  • images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा खाएको आरोपमा एकजना प्रहरी विरुद्ध मुद्दा चलाएको छ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा दरबन्दी भई कलंकीमा कार्यरत नेपाल प्रहरीका असई चक्रदेव भट्ट विरुद्ध आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा चलाएको हो।

    २०५० चैत २० गते प्रहरी जवानमा भर्ती भएका भट्टले प्रहरी हवल्दारसम्म बढुवा भएपछि असईमा बढुवा खानका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको भन्दै उजूरी परेपछि अख्तियारले छानबीन थालेको थियो।

    भट्टले पेश गरेको केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली–भारतबाट जारी भएको देखिने शैक्षिक प्रमाणपत्र नक्कली भएको छानबीनको क्रममा खुलेपछि अख्तियारले उनी विरुद्ध मुद्दा चलाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend