२०८३, आश्विन २० गते

images

प्रतिकूल मौसमका कारण तराईका ५ विमानस्थलमा उडान अवरुद्ध

प्रतिकूल मौसमका कारण तराईका ५ विमानस्थलमा उडान अवरुद्ध

शुक्रवार, पौष ११ २०८२०१:५७
शुक्रवार, पौष ११ २०८२०१:५७
  • images

    काठमाडौं । शुक्रबार अपराह्नसम्म प्रतिकूल मौसमका कारण तराईका पाँच विमानस्थलमा उडान र अवतरण सञ्चालनमा आउन सकेको छैन।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार दिउँसो १ बजेसम्म राजविराज, जनकपुर, सिमरा, भैरहवा र धनगढीमा हवाई सेवा प्रभावित भएको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवतरण भने जारी छ। कम भिजिबिलिटीका कारण तराईका अधिकांश विमानस्थलको सेवा अबेरमात्र सुरु हुने गरेको छ। यसबाट सयौँ यात्रु प्रभावित भएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend