२०८३, आश्विन २० गते

images

हाजिरी जमानी छुटे प्रभु बैंकका सीईओ शेरचन

हाजिरी जमानी छुटे प्रभु बैंकका सीईओ शेरचन

सीएनएन खबर
शुक्रवार, पौष ११ २०८२०३:२७
सीएनएन खबर
शुक्रवार, पौष ११ २०८२०३:२७
  • images

    काठमाडौँ । बैंकिङ कसुर आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन २५ दिनपछि थुनामुक्त भएका छन्। 

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी०ले उनलाई थुना बाहिरै राखेर अनुसन्धान गर्ने गरी जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा रिहा गर्न लागेको हो।

    सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार अनुसन्धानको एउटा चरण पूरा भएको र थुनामै राखेर अनुसन्धान गर्नुपर्ने कानुनी म्याद सकिन लागेकाले उनलाई छोडिएको हो। 

    ‘हामीले उहाँलाई तीनवटा बैंकिङ कसुरको केसमा अनुसन्धानका लागि म्याद थप गरी हिरासतमा राखेका थियौं’ सिआइबी प्रवक्ता श्रेष्ठले भने, ‘सरकारी वकिल कार्यालयमार्फत म्याद थपको प्रक्रियामा जाँदा, अहिलेलाई हिरासत बाहिरै राखेर अनुसन्धान अगाडि बढाउने आदेश र सहमति भएपछि उहाँलाई छोड्न लागिएको हो।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend