२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • ३३ औँ त्रिवेणी कप सुरु, पहिलो...

३३ औँ त्रिवेणी कप सुरु, पहिलो खेलमा एपीएफको जितमा समीरको ह्याट्रिक

३३ औँ त्रिवेणी कप सुरु, पहिलो खेलमा एपीएफको जितमा समीरको ह्याट्रिक

शनिवार, पौष १२ २०८२०७:३०
शनिवार, पौष १२ २०८२०७:३०
  • images

    काठमाडौँ । लमजुङ सदरमुकाम बेसीशहरमा आयोजना गरिएको ३३ औँ त्रिवेणी कप राष्ट्रव्यापि फुटवल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । सहजी खेल मैदानमा आयोजित एक भव्य समारोहका विच गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले ३३ औँ त्रिवेणी कपको उद्घाटन गरेका हुन् ।

    क्लवका पूर्व अध्यक्ष समेत रहेका मन्त्री पौडेलले खेलकुदको माध्यमबाट मुलुक समृद्ध बनाउन सकिने बताए। त्रिवेणी कपको सुरुवाती दिन सम्झँदै उनले भैलो खेलेर उठाइएको पैसाबाट प्रतियोगिता संचालन गरिएको स्मरण गरे । अहिले त्यो अभियान ठूलो प्रतियोगितामा रुपान्तरण हुनु गर्वको विषय भएको बताउँदै उहाँले खेलकुदले युवालाई अनुशासित, ऊर्जावान र सकारात्मक दिशातर्फ डोर्याउने बताए ।

    त्रिवेणी रङ्गशालाको स्तरोन्नति र समग्र जिल्लाको विकासका लागि आफूले सक्दो सहयोग गर्ने मन्त्री पौडेलले प्रतिवद्धता व्यक्त गरे । खेलकुदको माध्यमबाट जिल्ला, प्रदेश हुदै देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सक्ने भएकाले खेलकुद क्षेत्रको विकासका लागि सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उनले बताए ।

    tribhani.jpg

    आयोजक त्रिवेणी युवा क्लवका अध्यक्ष टेकजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, बेसीशहर ८ का वडा अध्यक्ष पवित्रा थापा राना र क्लवका संस्थापक अध्यक्ष कृष्णबहादुर अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो । उद्घाटन कार्यक्रममा क्लवले पूर्व राष्ट्रिय खेलाडी सुवास गुरुङलाई बख्खु ओढाएर सम्मान गरेको छ । 

    प्रतियोगिताको पहिलो खेल साविक विजेता विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब र सुन्दरबजार फुटबल क्लबबीच भएको थियो । उद्घाटन खेलमा एपीएफले सुन्दरबजार एफसीलाई ५–० गोल अन्तरले पराजित गरेको छ । उक्त प्रतियोगितामा समीर थोकरको ह्याट्रिकसँगै साबिक विजेता तथा विभागीय टोली एपीएफ क्लबले ३३औं त्रिवेणी कप फुटबल प्रतियोगितामा फराकिलो जित निकालेको छ । 

    एपीएफको जितमा समीरबाहेक प्रदीप लामा र मणिकुमार लामाले समान एक गोल थप्नुभएको थियो । खेलको २०औं मिनेटमै समीरले एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए ।  त्यसको १० मिनेटपछि उक्त अग्रता दोब्बर बनाउन सफल भए ।

    ३७औं मिनेटमा प्रदीपले गोल गर्दा एपीएफ पहिलो हाफमा ३–० ले अगाडि रहेको थियो । खेलको ६३औं मिनेटमा मणिले अर्को गोल थपेका थिए । योसँगै एपीएफले ४–० को अग्रता बनाएको थियो । तर, समीर भने रोकिएनन् । त्यसको ७ मिनेटपछि नै गोल गर्दै उनले पहिलो ह्याट्रिक गर्ने कीर्तिमान बनाएका छन् । समीर नै खेलको ‘म्यान अफ दी म्याच’ घोषित भएसँगै नगद १० हजार रुपैयाँ हात पारेका छन् । 

    tribhani3.jpg

    आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष टेकजङ गुरुङले पहिलो दिन उद्घाटन खेल भएकाले एउटामात्रै खेल खेलाइएको बताउनुभयो । दोस्रो दिन आइतबारदेखि फाइनल बाहेक हरेक दिन २ वटा खेल खेलाइने गुरुङले बताए ।

    विजेता हुने समुलाई नगद १२ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उपबिजेता समुहलाई नगद ६ लाख रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।  यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किप्परले जनही २५÷२५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लवका पूर्व अध्यक्ष सिजन श्रेष्ठले बताए। प्रत्येक खेलमा म्याद अफ दि म्याच घोषणा गरिने र म्यान अफ दि म्याच हुनेलाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने श्रेष्ठले बताए।  

    प्रतियोगितामा यसवर्ष १६ टीमको सहभागिता रहेको छ । प्रतियोगितामा गतवर्ष सेमीफाइनलमा पराजित हुने २ समुहलाई नगद २÷२ लाख रुपैयाँ प्रदान गर्दै आएकोमा यसवर्ष देखि हटाइएको आयोजक त्रिवेणी युवा क्लवले जनाएको छ । क्लवले प्रत्येक वर्ष १५ पुस गतेका दिन तमू ल्होसार विषेश सांगितिक साँझ आयोजना गर्दै आएको छ । त्रिवेणी साँझ कार्यक्रम सहित यसवर्ष फुटवल प्रतियोगिता सञ्चालनका लागि १ करोड ३२ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको क्लवका पूर्व अध्यक्ष विनोद गुरुङले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend