२०८३, आश्विन २० गते

images

महेश बस्नेत भन्छन्– अब बालेनको आकर्षण तीव्र गतिमा घट्ने भो

महेश बस्नेत भन्छन्– अब बालेनको आकर्षण तीव्र गतिमा घट्ने भो

आइतवार, पौष १३ २०८२०१:१२
आइतवार, पौष १३ २०८२०१:१२
  • images

    काठमाडौं । एमाले सचिव महेश बस्नेतले ३ वर्षसम्म काठमाडाैं महानगरको मुहार फेर्न नसक्ने पात्रले देशको मुहार फेर्छ भन्ने भ्रम सकिन थालेको टिप्पणी गरेका छन् । रास्वपासँग काठमाडाैंका मेयर बालेन शाहले भावी प्रधानमन्त्रीका रूपमा सहमति गरेको विषयमा टिप्पणी गर्दै बस्नेतले अनुहार फेरिँदैमा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको उल्लेख गरेका छन् । 

    नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा बेचिँदै आएको प्रसंग झिक्दै बस्नेतले भनेका छन्, 'गगन आए, जबर्जस्त बासी बनाइए । काण्डै–काण्डका नाइके रवि आए, उनी पनि बासी भए । लोकप्रियताको आडमा बालेन आए । तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ ।'

    बस्नेतले बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको तर अब रविसँग मिलेलगत्तै उनीप्रतिको आकर्षण तीव्र गतिमा घट्ने दाबी गरेका छन् । 'रविजस्तो विवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तीव्र गतिमा घट्ने देखिन्छ', बस्नेतले भनेका छन् ।

    'काम गर्ने कालु, मकै खाने भालुजस्तै, रास्वपाको राजनीति पुराना दललाई सराप्ने र सत्ताको भर्‍याङ चढ्नेबाहेक स्पष्ट दिशा र भिजन आधारित नहुँदा जनतासँगको दूरी झन् बढ्दै जाने र जनमत झन कमजोर हुँदै जाने निश्चितै रहेको पनि बस्नेतको दाबी छ । 

    उनले भदाै २३ र २४ गतेको विध्वंसमा बालेन र रविको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका देखिनु, साथै माओवादी र राजावादी धाराहरूको समर्थन देखिनु गम्भीर विषय भएको पनि बताएका छन् । 

    अबको चुनावमा सिंहदरबार जलाउनेलाई रोज्ने कि जलाउनेहरूलाई कारबाही गर्नेहरूलाई रोज्ने विकल्प जनतासामु रहेको उनको भनाइ छ । 'अबको चुनावको मुख्य प्रश्न , सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाउने अराजकतालाई रोज्ने कि ती संरचना बनाउने र भत्काउनेमाथि कारबाही गर्ने राजनीति दललाई साथ दिने ? जलाउने धारको नेतृत्व बालेन–रविहरुले गरेकै हुन्, संरचना जोगाउने जिम्मेवारी पुराना दलहरूले नै वहन गर्नुपर्ने यथार्थ देखिएको छ', बस्नेतले भनेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend