२०८३, आश्विन २० गते

images

क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

आइतवार, पौष १३ २०८२०१:२५
आइतवार, पौष १३ २०८२०१:२५
  • images

    काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष पक्राउ परेका छन्।  उक्त क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक ७५ वर्षीय छान मिन छिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिएका छन्। प्रवक्ता भट्टराईका अनुसार उनलाई शुक्रबार राति  पक्राउ गरिएको हो।

    क्यासिनोमा भारतीय समूहले नै भारतीय खेलाडीहरूलाई बोलाएर सुनियोजितरुपमा ठगी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यसअघि ठगी गरेको आरोपमा उक्त क्यासिनोबाट ६ जना भारतीय नागरिक प्रकाउ परेका थिए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend