२०८३, आश्विन २० गते

images

२५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

२५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

सोमवार, पौष १४ २०८२११:०१
सोमवार, पौष १४ २०८२११:०१
  • images

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारमार्फत २५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले सोमबार एक सूचना जारी गर्दै एक वर्ष अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ (NRB Bond 2083 ‘Ka’) को बोलकबोल तथा निष्कासन गर्न लागिएको जानकारी दिएको हो।

    सूचनाअनुसार ऋणपत्रको कुल निष्कासन रकम २५ अर्ब रहेको छ। उक्त ऋणपत्रको बोलकबोल सोमबार (आज) मध्याह्न २ः०० बजेसम्म Online Bidding System Software मार्फत मात्र गर्न सकिनेछ। निष्कासन मिति पनि सोही दिन तोकिएको छ भने ऋणपत्रको परिपक्व अवधि एक वर्ष रहनेछ।

    ऋणपत्रको व्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ। व्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ भने सांवा भुक्तानी परिपक्व मितिमा हुनेछ। न्यूनतम बोल रकम ५ करोड तोकिएको छ र बाँकी रकम निशेष भाग नजाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने व्यवस्था गरिएको छ।

    यस ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्। बोल गर्दा काउन्टरपार्टीले लगानी गर्न चाहेको रकम र व्याजदर (दशमलव पछाडि चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ।

    बोल स्वीकृत गर्दा कम व्याजदरबाट उच्च व्याजदरतर्फ क्रमबद्ध गरी आह्वान गरिएको रकमसम्मको एकल व्याजदर कायम गरिनेछ। समान व्याजदरमा बोल परेको अवस्थामा निष्कासित रकमभन्दा बढी भएमा समानुपातिक (Pro-rata basis) रूपमा बाँडफाँट गरिनेछ। स्वीकृत बोल रकम निष्कासन मितिमा सम्बन्धित काउन्टरपार्टीको नेपाल राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरिनेछ।

    ऋणपत्र धितोको रूपमा प्रयोग गर्न सकिनेछ भने यो रकम अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइने छैन। तर वैधानिक तरलता अनुपात (SLR) तथा खुद सरल सम्पत्ति अनुपातमा गणना गर्न सकिने व्यवस्था गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend