२०८३, आश्विन २० गते

images

मंसिरमा प्रहरीले उठायो ४० करोड राजस्व, ट्राफिक जरिवानाबाटै ७ करोड संकलन

मंसिरमा प्रहरीले उठायो ४० करोड राजस्व, ट्राफिक जरिवानाबाटै ७ करोड संकलन

सोमवार, पौष १४ २०८२०२:१३
सोमवार, पौष १४ २०८२०२:१३
  • images

    काठमाडौं । नेपाल प्रहरीले चालू आर्थिक वर्षको मंसिर महिनामा कुल ४० करोड २५ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

    संरचना अनुसार सर्वाधिक राजस्व अवैध मालसामान बरामदबाट १७ करोड ९५ लाख ६७ हजार रुपैयाँ उठेको छ। फरार कैदी र अदालती फैसला कार्यान्वयनबाट १२ करोड ३७ लाख ३६ हजार रुपैयाँ संकलन भएको छ।

    त्यसैगरी ट्राफिक नियम उल्लंघन गर्नेहरूबाट ७ करोड १५ लाख ९३ हजार रुपैयाँ, अवैध सुनचाँदी बरामद गरी ८९ लाख ४५ हजार रुपैयाँ र स्रोत नखुलेको रकमबाट ८५ लाख ९ हजार रुपैयाँ उठेको छ।

    हुण्डी कारोबारबाट ६४ लाख ४३ हजार, अवैध नदीजन्य पदार्थ उत्खननबाट २६ लाख ६४ हजार, अवैध पशुपक्षीबाट ७ लाख २ हजार र अवैध काठ बरामद गरी २ लाख ८७ हजार रुपैयाँ प्रहरीले संकलन गरेको छ। नेपाल प्रहरीका अनुसार यो राजस्व संकलनले अवैध गतिविधि नियन्त्रण र कानून कार्यान्वयनमा सहयोग पुर्‍याएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend