२०८३, आश्विन २० गते

images

पूर्वमन्त्रीको कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कालोसूचीमा

पूर्वमन्त्रीको कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कालोसूचीमा

सोमवार, पौष १४ २०८२०३:३९
सोमवार, पौष १४ २०८२०३:३९
  • images

    काठमाडौं । पूर्व ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा परेको छ। प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले उक्त कम्पनीलाई डेढ वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो।

    कालोसूचीमा राख्ने सिफारिस ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना समन्वय एकाइ श्रीमहल ललितपुरले गरेको थियो। कालोसूचीको अवधि पुस १४ गतेदेखि गणना सुरु हुनेछ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार यससँगै छोङ्गिङ इन्टरनेसनल कन्स्ट्रक्सन कर्पोरेसन (चीन) पनि डेढ वर्षका लागि कालोसूचीमा परेको छ।

    त्यसैगरी, नेपाल खानेपानी संस्थान, शाखा कार्यालय पोखरा को सिफारिसमा ड्रैगन कन्स्ट्रक्सन प्रालि (धनुषा), मुख्य व्यक्ति बैजनाथ यादव, पनि डेढ वर्षका लागि कालोसूचीमा परेको छ।

    रौतामाई गाउँपालिका, उदयपुरको सिफारिसमा सिङ्दान सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालि (धनुषा) र विशाल निर्माण सेवा (सिन्धुपाल्चोक) एक–एक वर्षका लागि कालोसूचीमा परेका छन्। सिङ्दान सप्लायर्सका मुख्य व्यक्ति रमेश कुमार सिङ्दान र विशाल निर्माण सेवाका मुख्य व्यक्ति श्याम कुमार गलान हुन्।

    black-list.webp
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend