२०८३, आश्विन २० गते

images

यातायातका कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

यातायातका कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सोमवार, पौष १४ २०८२०४:५९
सोमवार, पौष १४ २०८२०४:५९
  • images

    काठमाडौं । यातायात व्यवस्था कार्यालय, भरतपुर चितवनका कार्यालय सहयोगी इन्द्रजित गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। एक लाख ८५ हजारसहित पक्राउ परेको साढे ६ महिनापछि उनीविरु बिशेष अदालतमा मुद्दा दायर भएको हो। 

    उनलाई आयोगले ३० जेठ २०८२ मा पक्राउ गरेको थियो।  अनुसन्धानको सिलसिलामा गुरुङले यातायात व्यवस्था कार्यालय भरतपुर चितवनबाट जारी हुने सेवाहरु पञ्जिकरण, ब्लुबुक, जाँचपास र परमिट नवीकरण लगायतका सार्वजनिक सेवा कार्यहरु गर्न गराउन सहजीकरण गरे गराए वापत सेवाग्राहीसँग एक लाख ६१ हजार तीन सय ४० रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।  

    अख्तियारको बिज्ञप्तिमा भनिएको छ,‘आफू कर्मचारी भएकोले समस्यामा पर्छु भनी जानी बुझी भ्रष्टाचारको कसूर छल्न कार्यालयको कर्मचारी नरहेको र जिम्मेवारी नपाएको बाहिरी व्यक्तिलाई कार्यालयमा करार नियुक्ति दिने भनी झुट्टा आश्वासन दिई वदनियत गरी आफ्नो अनुकूलको गैरकानूनी कार्य (घुस रिसवतको रकम संकलन व्यवस्थापन) गर्न जानी बुझी ई–सेवा खातामा सेवाग्राहीबाट घुस÷रिसवतको रकम जम्मा गर्न लगाई सोमार्फत उक्त घुस÷रिसवतको रकम निज ईन्द्रजित गुरुङले आफ्नो सानिमा बैङ्कमा रहेको खातामा पटक–पटक गरी दाखिला गरे गराई उक्त घुस रिसवत रकम प्राप्त गरेको स्थापित भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिमको कसुरमा बिगो रु. १,६१,३४०।– (एक लाख एकसठ्ठी हजार तीन सय चालीस रुपैयाँ मात्र) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।’ 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend