२०८३, आश्विन २० गते

images

काम नगरेर रुग्ण बनाइएका ठेक्का तोड्नु हाम्रो बाध्यताः मन्त्री घिसिङ

काम नगरेर रुग्ण बनाइएका ठेक्का तोड्नु हाम्रो बाध्यताः मन्त्री घिसिङ

सीएनएन खबर
मंगलवार, पौष १५ २०८२०२:४९
सीएनएन खबर
मंगलवार, पौष १५ २०८२०२:४९
  • images

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु बाध्यता रहेको बताएका छन्। 

    सडक बोर्ड, नेपालको २३औँ वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले काम गरिएन भने भने कारबाही हुन्छ भन्ने सन्देश दिन, कम रकम कबोल गरी ठेक्का हात पार्ने प्रवृतिलाई निरुत्सहित गर्न, समयमै निर्माण नगरिएका कारण आमनागरिकले पाइरहेको दु:खको अन्त्यका लागि ठेक्का तोड्नु बाध्यता रहेको उल्लेख गरे। सडक विभागले हालसम्म ४० वटा रुग्ण ठेक्का तोडेको छ।

    नियोजित रुपमा कुनै पनि ठेक्का नतोडिएको प्रष्ट पार्दै मन्त्री घिसिङले आफूले लिएको ठेक्काको काम समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन गरिएको बताए। उनले विकास बजेट निर्माण व्यवसायीमार्फत खर्च हुने भएकाले देश विकासमा निर्माण व्यवसायीको ठूलो योगदान रहेकाले उनीहरुको क्षमता एवम् दक्षता अभिबृद्धिमा जोड दिए। 

    संघ, प्रदेश र स्थानीय तहले सडक निर्माण तथा मर्मत गरिरहेकाले आम नागरिकले कुन सडकमा कसको क्षेत्राधिकार रहेको थाहा नपाएका कारण सडक भनेको सडक विभागले नै बनाउने हो भन्ने बुझ्दा संघ सरकारप्रति धेरै आक्रोश आउनुका साथै अपेक्षा पनि राख्ने गरेको उहाँले टिप्पणी गरे। साथैं, उनले सडक मर्मत सम्भारलाई नियमित रुपमा तदारुकताका साथ गर्न निर्देशन दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend