काठमाडौं । रोजगारीका लागि आकर्षक गन्तव्य कोरिया जान पाउनुपर्ने माग राख्दै ईपीएसपीडित ९ बुँदे मागसहित आन्दोलनमा उत्रिएका छन्। आज ग्वार्कोस्थित ईपीएस कोरिया शाखा अगाडि उनीहरुले प्रदर्शन गरेका हुन्।
कृषिमा ईपीएस उत्तीर्ण भए पनि कोरिया रोजगारीमा जान नपाएको भन्दै प्राथमिकतामा राख्न उनीहरूले माग गरेका छन् ईपीएस उत्तीर्ण भए पनि तत्काल जान नपाएकाको परिवारले भोगिरहेको आर्थिक तथा मानसिक क्षतिमा गम्भीर बन्न उनीहरुले सरकारसँग आग्रह गरेका छन्।
लामो समयसम्म कुुरेर पनि जान नपाएकालाई विशेष छुट र राहतको व्यवस्था गर्नुपर्ने, एउटै व्यक्तिलाई पटकपटक अवसर दिनुभन्दा पीडितलाई प्राथमिकतामा राख्नुपर्ने माग उनीहरूको छ।

