२०८३, आश्विन २० गते

images
  • समाचार
  • हिउँदमा ६५४ मेगावाट बिजुली आयात गर्न...

हिउँदमा ६५४ मेगावाट बिजुली आयात गर्न भारतले दियो अनुमति

हिउँदमा ६५४ मेगावाट बिजुली आयात गर्न भारतले दियो अनुमति

बुधवार, पौष १६ २०८२०२:२६
बुधवार, पौष १६ २०८२०२:२६
  • images

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हिउँदमा बिजुली आयात गर्ने अनुमति पाएको छ। भारतीय ऊर्जा विनियम बजार (आईइएक्स) ले ६५४ मेगावाट बिजुली आयात गर्न अनुमति दिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए। 

    ‘भर्खर मेल आएको छ। जनवरीदेखि मार्चसम्म २४ घण्टा नै प्रतिस्पर्धाका आधारमा बिजुली आयात गर्ने अनुमति आएको हो’, ढकालले भने। ढल्केबर-मुजफ्फरपुर ६०० मेगावाट र टनकपुर-महेन्द्रनजगरबाट ५४ मेगावाट विजुली ल्याउने गरी अनुमति पाइएको हो। उनले थप ३०० मेगावाट बिजुली बिहारबाट ल्याउन साँझसम्म अनुमति आउन सक्ने  विश्वास व्यक्त गरे। 

    हिउँदयाम सुरु भएसँगै नेपालका नदीमा जलप्रवाहक कम हुँदा विद्युत उत्पादान घट्ने गर्छ। ढकालका अनुसार हाल भारतबाट दैनिक २०० देखि ३०० मेगावाटसम्म बिजुली आयात भइरहेको छ। यस अघिको सम्झौता आजबाट सकिँदै थियो। नयाँ अनुमतिसँग लोडसेडिङको जोखिम कम भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend